एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठद्वारा प्यानल घोषणा

एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठद्वारा प्यानल घोषणा


बैंकिङ समाचार,काठमाडौ ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरेका छन् । श्रेष्ठले सोमबार  ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

 यही चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुने निर्वाचनको तयारीमा यतिबेला ३ जना व्यवसायी वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकाहरुमध्ये रामचन्द्र संघईले हिजो आइतबार एक कार्यक्रम गर्दै प्यानल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संघईले उम्मेदवारी घोषणा गरेको एक दिनपछि नै उमेशलाल श्रेष्ठले समेत उम्मेदवारी घोषणा गरेका हुन् । उनले प्यानल उम्मेदवारी घोषणा गरेका हुन् । उमेशलाल श्रेष्ठको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फ भरत आचार्य छन् । यस्तै, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षको उम्मेदवारमा हेमराज ढकाल छन् ।