आइएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

आइएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार आइएमई जनरल इन्स्योरेन्स र वीन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

आइएमई जनरल इन्स्योरेन्सको १० लाख २० हजार ९९० दशमलव ८५ कित्ता बोनस शेयर र विन नेपाल लघुवित्तको ६७ हजार ६५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

विन नेपाल लघुवित्तले जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ३३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले माघ ९ गते सम्पन्न साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।