बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको आज दास्रो दिन पनि उच्च अंकको गिरावट उच्च अंकको गिरावट जारी रहेको छ । आज सोमबार नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशमलव ८८ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ५५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट भएको छ । नेप्सेमा कारोबार रकमले १ अर्बको अंक पनि छुन सकेन । आज नेप्सेमा ९२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७३ कम्पनीकोे शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता २३४.४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज प्रभु बैंक डिभेन्चर २०८७ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य सर्किट लेभलमा घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया