साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, ८९ करोडको कारोबार

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, ८९ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिले केहि दिन बढ्ने क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से १०.८७ अंकले घटेर १ हजार ९ सय ०८ दशमलव ५५ विन्दुमा बन्द भएको छ । हिजो बुधबार नेप्से १.०२ अंकले वृद्धि भई १ हजार ९ सय १९ दशमलव ४२ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा सामान्य वृद्धि भएको छ । यद्यपी हिजो जस्तै आज पनि कारोबार रकमले १ अर्बको बिन्दु छुन असमर्थ भएको छ । आज नेप्सेमा ८९ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये ४९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२.४० रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।