स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग


बैंकिङ समाचार,काठमाडौ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ ।

सरकारले अघिल्लो साता बनाएको स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ अनुसार ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा सरकारले दिने छ । यससँगै नेपालमा पहिलो पटक स्टार्टअपलाई सहुलियतपूर्ण ब्याजमा विना धितो कर्जा पाउने प्रक्रिया अगाडि बढेको हो  

स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म विना धितो कर्जा पाउने छन् । सोही अनुसार विभागले परियोजना प्रस्ताव आह्वान गरेको हो । आजको २१ दिन भित्र उद्यमीहरुले आफ्नो प्रस्ताव कार्यविधिमा तोकिएको ढाँचामा उद्योग विभागमा पठाउनु पर्ने भएको छ ।

कार्यविधिमा तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकाहरुले यसमा आवेदन दिन सक्ने भएका छन् ।