धितोपत्र बोर्डले एसएमईज प्लेटर्फमका लागि नियमावलीको ड्राफ्ट सार्वजनिक गर्ने 

धितोपत्र बोर्डले एसएमईज प्लेटर्फमका लागि नियमावलीको ड्राफ्ट सार्वजनिक गर्ने 


 बैंकिङ समाचार,काठमाडौं । 

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको छुट्टै कारोबारको लागि नियमावलीको ड्राफ्ट सार्वजनिक गर्ने भएको छ ।

लगानीकर्ताहरुको संस्था नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ तथा नेपाल पुँजी बजार संघको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेश हमालले बिहिबार एसएमईज प्लेटर्फमको लागि तयार भएको नियमावलीको ड्राफ्ट सार्वजनिक गर्ने बताएका हुन् ।

साना, मझौला लगानीकर्ताहरुलाई पुँजीबजारमा आउनको लागि अनुकुल वातावरण बनाउने एसएमइज प्लेटर्फमको उदेश्य रहेको हमालले बताएका छन् । अध्यक्ष हमालले सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको पनि बताएका छन् ।

इन्साइडर ट्रेडिङ मा संलग्न एक जनाविरुद्ध मुद्दा दायर गरेको र यसमा संलग्न अन्य व्यक्ति र कम्पनीमाथि पनि मुद्दा दर्ताको तयारी भइरहेको र त्यसबारे थप अध्ययन अनुसान्धान भइरहेको हमालको भनाइ छ । उनले पुँजी बजारको ३० वर्षे इतिहासमा भित्रि कारोबारमा संलग्न माथि मुद्दा चलाइएको पहिलो घटना भएको बताए ।