निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न सक्दैनः उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न सक्दैनः उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल


बैंकिङ समाचार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् ।

बुधबार भएको नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको वार्षिक साधारण सभामा ढकालले यस्तो बताएका हुन् ।

‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’। जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’ उनले भने ।

देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो ।
‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भैराखेका छन् भने उनीहरुले विदेशी भुमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने । रेमिटान्सबाट देश चल्नु भनेको अरुपको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’

बैदेशिक रोजगारीमा समस्या आए देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्ने समेत उनले जानकारी दिएका छन् ।

त्यस्तै,सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता बस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंककाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा उनले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् ।