राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर नेपाल नियुक्त

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर नेपाल नियुक्त


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त भएसँगै नेपालले बुधबार नियुक्ति पत्र बुझिसकेका छन् । 

पौडेलले यसअघि नै मुख्य स्वकीय सचिवमा सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी तथा प्रेस सल्लाहकारमा नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्कीलाई नियुक्त गरेका थिए । 

त्यस्तै,पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् ।