लघुवित्तहरूले गाउँगाउँमा पैसा पुर्‍याएका छन् भन्ने सावित भइसकेको छः श्याम घिमिरे

लघुवित्तहरूले गाउँगाउँमा पैसा पुर्‍याएका छन् भन्ने सावित भइसकेको छः श्याम घिमिरे


बैंकिङ समाचार, काठमाडौं । 

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरूले नै गर्नुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद घिमिरेले सर्वसाधारण जनतासमक्ष ऋण पुर्‍याउने एक मात्र आधार लघुवित्त कम्पनीहरू भएको भन्दै यसैले सर्वसाधारणहरूलाई ऋण उपलब्ध गराउनुपर्ने बताए ।

‘गाउँगाउँसम्म, साधारण जनतासमक्ष पैसा पुर्‍याउनको निमित्त, ऋण पुर्‍याउनको निमित्त लघुवित्त कम्पनीहरू नै एक मात्र आधार हो भन्ने कुरा दक्षिण एसियामा सावित भइसकेको छ,ु घिमिरेले भने ।

बैंकहरूले लघुवित्त कम्पनीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र लघुवित्तले पनि सर्वसाधारणलाई सस्तोमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

ुसरकारले अर्थात् बैंकहरूले लघुवित्त कम्पनीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर जनतामा पनि सस्तो ब्याजदरमै ऋण उपलब्ध गराउने काममा लघुवित्त कम्पनीहरूलाई नै अगाडि ल्याउनुपर्छ भन्ने मेरो धारणा छ,ु घिमिरेले भने, र, तत्काल कानुनको निर्माण गरी यो काम सुरुवात गरियोस् भन्ने मेरो आग्रह छ ।’
नले ठगी धन्दामा संलग्नहरूका लागि छुट्टै कानूनको निर्माण गरेर कानूनी कारबाही गर्नुपर्ने बताए।