मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न अध्यक्ष लिङ्देनको आग्रह

मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न अध्यक्ष लिङ्देनको आग्रह


बैंकिङ समाचार,काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा लिङ्देनले यस्तो आग्रह गरेका हु्न् ।

उनले मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाने क्रममा आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरेका छन् । बैठकमा बोल्दै गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन भनेर प्रश्न पनि गरेका छन् ।