बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज समान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज बुधबार नेप्से १.०२ अंकले वृद्धि भई १ हजार ९ सय १९ दशमलव ४२ विन्दुमा बन्द भएको छ । हिजो मंगलबार नेप्से १२.१० अंकले वृद्धि भई १ हजार ९ सय १८ दशमलव १० विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा समान्य वृद्धि भएपनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । कारोबार रकमले १ अर्बको बिन्दु छुन समेत असमर्थ भएको छ । आज नेप्सेमा ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये ८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार झिनो अंकले बढेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२०.४० रुपैयाँ पुगेको छ भने कालिन्चोक दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८२.७० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया