नेप्सेमा वृद्धि यथावत, दोहारो अंकले बढेको नेप्सेमा १ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा वृद्धि यथावत, दोहारो अंकले बढेको नेप्सेमा १ अर्ब ४४ करोडको कारोबार


बैंकिङ समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वृद्धि यथावत् रहेकोछ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से १२.१० अंकले वृद्धि भई १ हजार ९ सय १८ दशमलव १० विन्दुमा बन्द भएको छ । हिजो सोमबार नेप्से १७.७० अंकले वृद्धि भई १ हजार ९ सय ६ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा दोहारो अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार बढेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४७३.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४३७.२० रुपैयाँ पुगेको छ भने श्रृजनशिल लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१३.३० रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जेनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।