खराब ऋणबारे बसेको छलफलमा गभर्नरले पस्किएनन समाधान, नआत्तिन मात्र भने

खराब ऋणबारे बसेको छलफलमा गभर्नरले पस्किएनन समाधान, नआत्तिन मात्र भने


बैंकिङ समाचार,काठमाडौं । 

बैंकहरुको खराब ऋण बढेर वित्तीय क्षेत्रमाथि प्रश्न उठिरहेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार बाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफल गरेका छन् ।

दिउँसो साढे तीन बजेदेखि राति पौने आठ बजेसम्म चलेको उक्त छलफलमा सबै बाणिज्य बैंकका प्रमुख कार्यकारीहरु सहभागी थिए ।

सबैको कुरा सुनेपछि गभर्नर अधिकारीले ‘आत्तिनु पर्ने अवस्था नरहेको’ बताएका छन् । उनले अहिलेको समस्याबाट कसरी बाहिर आउने भनेर स्पष्ट खाका केही पनि दिएनन् ।

खराब ऋणको बारेमा मिडियामा धेरै समाचार आइरहेको र त्यसले जनमानसमा प्रभाव पारेको देखिएकाले त्यसलाई संबोधन गर्न छलफल डाकिएकोतर समाधान गर्ने खालको केही पनि कुरा नभएको बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुले बताएका छन् ।

गभर्नर अधिकारीले आगामी दिनमा बैंकहरुको खराब ऋण अनुपात अलिकति बढे पनि आत्तिनु पर्ने अवस्थामा नपुग्ने बताएका थिए ।