बनेपाको सिद्दार्थ कलेजमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

 बनेपाको सिद्दार्थ कलेजमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न


ज्ञानु श्रेष्ठ, काठमाडौं । 

बनेपाको सिद्दार्थ कलेजमा  चैत ८ बुधबार डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकिङ शिक्षा र कामना सेवा विकास बैंकको संयुक्त आयोजनामा ग्लोबल मनि वीकको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुत्तानी विभागका निर्देशक कृष्ण राम धुन्जु, बनेपाका प्रहरी उपरिक्षक केदारमान दोङ,  बैंकिङ्ग शिक्षा कार्यक्रमका संयोजक राजु ढुङ्गेल,कामना सेवा विकास बैंक भक्तपुर जगाती  शाखाका शाखा प्रबन्धक सुरज कुमार सर्राफ, बनेपा सिद्दार्थ कलेजका प्रिन्सपल गुन्ज प्रसाल लुइँटेल , अन्य शिक्षक तथा शिक्षिका लगायत २८०  भन्दा बढी विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुत्तानी विभागका निर्देशक कृष्ण राम धुन्जले ग्लोबल मनि विकको महत्वको बारेमा जानकारी गराउदै डिजीटल साक्षरता विधार्थी, शिक्षक र सम्पूर्ण सर्वसाधारणहरुलाई आवश्यक रहेको बताउँदै राष्ट्र बैंकको तर्फबाट सकेको सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
  
कार्यक्रमा डिजीटल शिक्षाको बारेमा ज्ञान भयो भने डिजीटल ठगी, बैकिङ्ग अपराध, आर्थिक अपराध जस्ता कार्यबाट बिद्यार्थीहरु पनि सचेत रहेने बनेपा जिल्लाका प्रहरी उपरिक्षक केदारमान दोङले बताए । 

कार्यक्रममा बोल्दै कार्यक्रम विद्यार्थी वर्गका लागि अति उपयुक्त लागेको बताए । बचत गर्ने बानी र आएको पैसालाई सहि तरिकाले प्रयोग गर्न डिजिटल साक्षरता कार्यक्रमले विद्यार्थी हरूलाई हौसला प्रदान गरको बनेपा सिद्दार्थ कलेजका प्रिन्सपल गुन्ज प्रसाल लुइँटेलले बताए  । 
कामना सेवा विकास बैंकका सेवा सुविधा को बारेमा जानकारी दिदै डिजिटल साक्षरता कार्यक्रम विद्यार्थीहरूको माझका महत्पूर्ण रहेको  कामना सेवा विकास बैंक भक्तपुर जगाती  शाखाका शाखा प्रबन्धक सुरज कुमार सर्राफले वताएका थिए । 

विद्यार्थीहरुबीच डिजिटल साक्षरता कार्यक्रम एकदमै देशै भरी, सकेसम्म धेरै भन्दा धेरै कलेजमा संचालन गर्नु र धेरै भन्दा धेरै उपयोगी र लाभदायी हुने बैंकिङ शिक्षा कार्यक्रमका संयोजक राजु ढुंगेलले बताए । र डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रुपमा देशभरी नै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

कार्यक्रमबाट डिजीटल साक्षरता र बैंक तथा बित्तीय क्षेत्रको बारेमा  जानकारी लिन पाउँदा धेरै खुसी र धेरै कुरा सिकेको र आफुले सिकेको कुरा परिवार र साथीहरुलाई समेत जानकारी दिने कार्यक्रमका सहभागी  विद्यार्थीहरुले बताएका छन् ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"