बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको मूल्य २५३ रुपैयाँ २७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले चैत २३ गते बिहीबार, आफ्नो रजिष्टार्ड कार्यालय, हेरिटेज प्लाजा, कमलादीमा सभा बोलाएको छ । सो सभा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत सञ्चालन गरिनेछ ।
प्रतिक्रिया