एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६० देखि २९८ दशमलव ८० ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।