बैंकिङ्ग समाचार, काठमाडौ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट भएको छ । हिजो एक दिन बिदा भएपछि खुलेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।
आज नेप्से १५.७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलब २९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार नेप्से २२.६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ ।
बोटलर्स नेपाल तराई लिमिटेडको शेयरमूल्यमा आज सर्वाधिक गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया