कालिञ्चोक दर्शनको आइपीओ सहित ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

कालिञ्चोक दर्शनको आइपीओ सहित ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौ ।
नेपाल स्टक एक्सचेञ्जमा कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई वितरण गरेको १ लाख २० हजार कित्ता आइपीओ, सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) १० लाख ८० हजार कित्ता आइपीओ र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४८ लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा भोलि बिहीबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले केडिएल (KDL) कारोबार संकेत प्रदान गरेको छ ।