बैंकिङ्ग समाचार, काठमाडौ ।
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते, बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएसँगै यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १५ करोडको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित उक्त लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा चैत २३ गते बिहीबार, आफ्नो रजिष्टार्ड कार्यालय, हेरिटेज प्लाजा, कमलादीमा सभा बोलाएको छ । सो सभा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत सञ्चालन गरिनेछ ।
प्रतिक्रिया