काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुन तोलामा १ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। यससँगै चाँदी तोलाको २१ सय ६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको २१ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।






About Us
प्रतिक्रिया