नेप्सेको घट्ने क्रम जारीः साताको पहिलो दिन ६.९० अंकको गिरावट हुँदा १ अर्ब ६ करोडको कारोबार

नेप्सेको घट्ने क्रम जारीः साताको पहिलो दिन ६.९० अंकको गिरावट हुँदा १ अर्ब ६ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको पहिलो दिन आज आइतबार नेप्सेमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.९० अंकले घटेर १ हजार ९ सय २६ दशमलव ४० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहिबार नेप्से ५.३२ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीको शेयरमूल्य घटेको छ, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज तिन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मानुषि लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको शेयरमूल्य आज सर्किट लेभलमा वृद्धि भएको छ । 

आज सानिमा ग्रोथ फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रलरीको भएको छ । यसको आज ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ ।