बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १४.४४ अंकले घटेरर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दुमा बन्द भएको छ । हिजो मंगलबार नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि कारोबार रकम भने सामान्य बढेको छ । आज नेप्सेमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त र शुभम् पावर लिमिटेडको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।
आज किसान लघुवित्त र बराहि हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया