नेप्सेमा आज झिनो अंकको वृद्धि, १.८५ अंकले बजार बढ्दा १ अर्ब १३ करोडको कारोबार

नेप्सेमा आज झिनो अंकको वृद्धि, १.८५ अंकले बजार बढ्दा १ अर्ब १३ करोडको कारोबार

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकको वृद्धि भएको छ । आज नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दुमा बन्द भएको छ । हिजो सोमबार नेप्से २४.६८ अंकले घटेर १ हजार ९ सय ५१ दशमलव २१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा झिनो वृद्धि भएपनि कारोबार रकम भने स्थिर रहेको छ । आज नेप्सेमा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२५.९० रुपैयाँ पुगेको छ । 

आज एनआइसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसि एशिया बैंकको भएको छ । यसको आज १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।