काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर करारमा कार्यरत दीपेन्द्र कुमार विरुद्ध मुद्दा दायर गरेको छ । उनीले सप्तरीमा सब-इन्जिनियर पदमा करार नियुक्ति लिनका लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको आयोगले जनाएको छ।
उनले डिप्लोमा इन सिभिल इन्जिनियरिङ एकेडेमट्रान्सक्रिप्ट, त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान, पश्चिमाञ्चल क्षेत्र क्याम्पस, लामाचौर, पोखराबाट उत्तीर्ण गरेको भनी क्यारेटर प्रमाण पत्र समेतका नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति भएको खुल्न आएको आयोगले बताएको छ ।
आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।






About Us
प्रतिक्रिया