अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी


काठमाडौं –  नेकपा एमालेका सांसद पदम गिरीले अर्थतन्त्र लयमा फर्काउने बजेट आएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा सांसद गिरी यस्तो बताए ।

राजस्व वृद्धिमा महत्त्वाकाङ्क्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताए ।