बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दाहोरो अंकको गिरावट भएको छ । आज नेप्से २६.८० अंकले घटेर १ हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५२.६० रुपैयाँ पुगेको छ ।
आज गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर र हिमालयन बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया