नेप्सेको गिरावट कायमैः २६.४७ अकंले बजार घट्दा १ अर्ब ३३ करोडको कारोबार

नेप्सेको गिरावट कायमैः २६.४७ अकंले बजार घट्दा १ अर्ब ३३ करोडको कारोबार

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट कायमै रहेको छ । आज नेप्से २६.४८ अंकले घटेर १ हजार ९ सय ६९ दशमलव 0२ विन्दुमा बन्द भएको छ । 

त्यस्तै, आज नेप्सेमा १ अर्ब ३३ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज २ कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । जसमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढिले बढेको छ । 

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७  प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ ।