बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि झिनो अंकले घटेको छ । आज नेप्से उतारचढावबीच ३.८१ अंकले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३.६५ अंकले घटेर २ हजार २३ दशमलव ५४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सामान्य गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०४५ रुपैयाँ पुगेको छ । यसका साथै आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५१२.५० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११३१.९० रुपैयाँ पुगेको छ ।
आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया