तिव्र उतारचढावबीच ३.६५ अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम पनि घट्यो

तिव्र उतारचढावबीच ३.६५ अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम पनि घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिनको आज सोमबार झिनो अंकले घटेको छ ।  आज नेप्से तिव्र उतारचढावबीच ३.६५ अंकले घटेर २ हजार २३ दशमलव ५४ विन्दुमा बन्द भएको हो । आइतबार ज नेप्से ४.५५ अंकले बढेर २ हजार २७ दशमलब १९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य गिरावट भएसँगै कारोबार रकम पनि  घटेको छ । आज नेप्सेमा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ कम्पनीको शेयरमूल्य घटेको छ, ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ । 

आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज ६ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ ।