आइएमई पेले कन्काई नगरपालिकामा डिजिटाइजेसन कार्यक्रम संचालन गर्ने

आइएमई पेले कन्काई नगरपालिकामा डिजिटाइजेसन कार्यक्रम संचालन गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । उक्त समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटाइजेसन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पेले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । 

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला र अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।