हिमाल आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं– पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरूकाे संख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ रुपैयाँ संकलन भएको थियाे ।  ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१…