रङरोगन र मङ्गलगानले सजिँदै मटिहानी

महोत्तरी– जिल्लाको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ। रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका नागरिक तयारीमा जुटेका छन्। भोलि सोमबार जन्ती अयोध्याबाट जनकपुरधामको मटिहानी आएर रात्रि विश्राम गर्ने तालिका भएसँगै स्थानीय तयारीमा जुटेका हुन्। अहिले मटिहानी नगरका पुरातात्विक महत्वका मठ, देवालय, तलाउ परिसर रङरोगन गरिएर झकिझकाउ बनाइएका छन्। मुलुकभरिका…