नेपाल अन्तर्राष्ट्रिय पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल : उर्जामन्त्री खड्का

भक्तपुर – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।…