दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु

काठमाडाैं - दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा परी १७९ जनाको मृत्यु भएको छ । थाइल्यान्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हुँदा १७९ जनाकाे मृत्यु भएको हो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुई जना थाइल्यान्डका र अरू सबै दक्षिण कोरियाका…