काठमाडौं – आइतबार सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४१ हजार निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु. एक लाख ४५ हजारमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन तोलामा रु. एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ।…