आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ४ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।…