लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतिताेला १ लाख २५ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रूपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ।…