हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं – नेपाली बजारमा आज (आइतबार)  सुन–चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चार सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ।…