दोस्रो दिन पनि बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । हिजो तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा   १ लाख ६२ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।…