काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा किनबेच भएकाे थियाे। आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ…