काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य तोलामा ३ हजार ७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ।…