सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। सुन तोलामा तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ रुपैयाँ…