काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धुव कुमार पौडेल पुनः नियुक्त हुने भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको १७५ औँ बैठकको निर्णयअनुसार पौडेलाई उक्त पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आउँदो भदौ १० गतेदेखि लागू हुने ४ वर्ष रहने कम्पनीले जनाएको छ…