गुराँस लघुवित्तको लाभांश घोषणा


काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/ ८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको असोज ८ गते बसेको सञ्चालक समितिको १५५ औं बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) नगद लाभांश ०.७५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् वितरण गरिनेछ।