आत्मनिर्भर लघुवित्तका सञ्चालक समिति सदस्य खड्काको राजीनामा स्वीकृत

काठमाडौं – आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक अमर बहादुर खड्काले राजीनामा दिएका छन् । खड्काले उक्त पदबाट जेठ २० गते  राजीनामा दिएका हुन् । संस्थाको जेठ २७ गते बसेको सञ्चालक समितिको ९६ औँ बैठकले खड्का राजीनामा स्वीकृत गरेको छ ।  सोही मितिदेखि लागू हुने गरी खड्काको राजीनामा स्वीकृत भएको हो ।