बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेको रुपन्देही कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगका प्रतिनिधिहरूले सोमबार रुपन्देही कारागारको अनुगमनपछि लामिछानेलाई राखिएको कोठामा वातानुकूलित एसी, कुलर नरहेको र झ्यालमासमेत प्लाईउडले टालेर बन्द गरिएको स्पष्ट पारेका छन् । आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा…