निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी, सीमावर्ती नाकाबाट भित्रिँदै नक्कली मुद्रा

काठमाडौं – निर्वाचन नजिकिँदै गर्दा नेपालमा नक्कली नोटको कारोबार सक्रिय बन्दै गएको देखिएको छ। पछिल्लो केही महिनामै राजधानीदेखि सीमावर्ती जिल्लासम्म नक्कली नोटसहित पक्राउ पर्नेहरूको संख्या बढेपछि सुरक्षा निकाय चिन्तित बनेका छन्। गत पुस १६ गते काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट नेपाली एक हजार दरका ९३ थान नक्कली नोट बरामद गरिएको थियो। उक्त घटनामा प्रहरीले ६ जनालाई पक्राउ…