सप्तरी - मंगलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज (शुक्रबार) सकुशल उद्धार गरेको छ। खड्क नगरपालिका-८, बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। अपहरण गरी फिरौती माग्ने खड्क-९, लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निजलाई रुपनी…