विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गर्ने विभागका दुई कर्मचारी सीआईबीको फन्दामा

काठमाडौं – राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ दफा ४१ अन्तर्गतको कसूरमा संलग्न रहेको दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विभागमा विवरण दर्ता अपरेटरको रूपमा रहेका ललितपुरको महालक्ष्मी बस्ने सुनित प्रभाग रेग्मी र…