काठमाडौं – चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बिक्रम थापा मगरको घरबाट सुनको गरगहना, मोबाइल र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङको गंगाजमुना गाउँपालिका–७ फुलखर्क घर भएका २२ वर्षीय प्रशन्न अधिकारी, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ घर भएका २९ वर्षीय लाक्पा शेर्पा, नवलपरासीको पूर्व कावासोती नगरपालिका–१७ घर भएका २८…