न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका– ३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका– ८ घर भएका ४५ वर्षीय पुरुषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  भण्डारीले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट…