बैंकिङ्ग कसुर मुद्दाका फरार तीन जना प्रतिवादी प्रहरीको फन्दामा 

काठमाडौं – बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरूलाई विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेकामध्ये धनुषा मिथिला नगरपालिका–८ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्दै आएकी ४२ वर्षीय अम्बिका कुमारी रिजाल भक्तपुरको सिर्जना नगरबाट पक्राउ परेकी छिन्। उनलाई आवश्यक कारबाहीका…