काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्सट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक लक्ष्मण कुमार रानाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। उनीहरूले राप्ती नदी क्षेत्रबाट सम्झौताभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन गरी त्यसको राजस्व असुल नगरी ९५ लाख ९८ हजार…